मेयर सरावगी र प्रजिअ भट्टराईको नियतमाथि शंका छ ः सभापति द्विवेदी

21

वीरगंज, २६ चैत्र ।
नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले मंगलबार पत्रकार सम्मेलन गरी नगरप्रमुख बिजय कुमार सरावगी र प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको नियतमाथि शंका उठाएका छन् ।
वीरगंजको मुटु मानिने आदर्शनगर स्थित हजारीमल धर्मशालाको भौतिक सामग्रीहरु कसको आदेशमा कसले लगिरहेको ? यो सन्दर्भमा वीरगंज बासीको कुनै चासो नहुनु यो आफैमा बिडम्बना भएको आरोप सभापति द्विवेदीले लगाउनु भयो । एक महिना अगाडी हजारीमल धर्मशालाको सन्दर्भमा पत्रकार सम्मेलन गरी त्यसको भौतिक संरचनाहरु तोडफोड भइरहेको सन्दर्भमा पर्सा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई ज्ञापन–पत्र दिई ध्यानाकर्षण गरउंदा पनि उनले कुनै चासो नदेखाउनुको पछाडी कतै बदनियत त छैन ? भनी द्विवेदी प्रश्न गर्नुभयो ।
पर्साका मीडियाहरु यो परिवेशको सन्दर्भमा जिम्मेवार नभएको आरोप लगाउंदै स्थानीय प्रशासन र नगरपिता बिजय सरावगीको मिलिभगतमा यो सार्वजनिक सम्पतिमाथि गिद्धेदृष्टि त लगाइएको छैन भनी शंका उब्जिन थालेको छ । हजारीमल धर्मशालाको सन्दर्भमा तोडफोड गर्ने आदेश कसले दियो ? यहाँबाट प्राप्त सामग्री कसले लैजाने ? यो सन्दर्भमा कतैबाट उत्तर पाएको छैन ।
हजारीमल धर्मशालाको नाउंमा २०६४ सालदेखि नै ग्रयाण्ड डिजाइन रचिदै आएको र यसको रचैता हालका मेयर सरावगी रहेको केही तथ्य प्रमाणहरुले बोलिरहेको आरोप पत्रकार सम्मेलनमा उपस्थित भएकाहरुले लगाएका छन् । आदर्शनगरमा व्यापक जाम हुने गरेको र त्यसको लागि छुट्टै पार्कि·को व्यवस्था मिलाउनको लागि आफुले यो सब गरिरहेको मेयर सरावगीको भनाई कसैले पत्याउने अवस्था छैन ।