संतोष रन्जितकार
वीरगन्ज २७ चैत ।
पर्सा जिल्लाको पोखरीया नगरपालिका वार्ड न. ९ मा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको छ । प्रदेश नं. २ का भौतिक पुर्वाधार बिकास मन्क्री जितेन्द्र सोनलले बुधबार एक कार्यत्रम बिच पर्सा जिल्लाको पोखरीया नगरपालिका वार्ड न. ९ मा सामुदायिक भवनको शिलान्यास गरेका हुन । पोखरी नगरपालिकाद्वारा ५० लाख रुपैया बिनियोजन गरिएको सामुदायिक धर्मशाला कार्यक्रमको मन्त्री जितेन्द्र सोनलद्वारा बिधिवत पुजा आर्जन गरि शिलान्यास गरिएको थियो ।
कार्यक्रममा पोखरीया नगरपालिकाका मेयर दिपनारायण साह रौनियारको अध्यक्षतामा राजपा नेपालका सह–महामन्त्री नेजामोदिन समानी, श्रीराम गिरी, देवानन्द यादव, राजेश साह, मुनि श्रीवास्तव, बद्री चौरसिया लगायत स्थानीय भद्रभलादमीहरुको उपस्थित रहेको थियो ।