राजभक्त पशुपति रौनियारको श्रद्धाञ्जली सभा सम्पन्न

22

बीरगंज २७ चैत्र ।
देशभक्त राजभक्त देवक समुहका अध्यक्ष स्व.पशुपति रौनियारको श्रद्धाञ्जली सभा बुधबार एक कार्यक्रम गरि मनाईएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणी एवं जिल्ला परिवार बीरगंजले माईस्थान पार्कमा आयोजना गरेको श्रद्धाञ्जली सभामा स्व. रौनियारको तस्विरमा माल्यार्पण गर्दै द्विप प्रज्वलित गरिएको थियो । सरोकार मंचका संयोजक नन्दकिशोर गोयलले स्व.रौनियारलाई मरणोप्रान्त दोसल्ला ओढाई सम्मान स्वरुप उनका छोरा दिपेन्द्र रौनियालाई दोसल्ला हस्तान्तरण गरिएको मंचका प्रेस संयोजक प्रणय कुमारले बताउनु भयो । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय नागरिक संघर्ष समिती बाराका अध्यक्ष महमद सतार अंसारी, पर्सा अध्यक्ष दिना यादव, राप्रपा संयुक्तका केन्द्रिय सदस्य रामबहादुर थापा, नेपाल बिद्धवत परिषदका रामनारायण साह, राष्ट्रवादी युवा समुहका अध्यक्ष बिरेन्द्र थापा, ज्योतीष सम्राट पण्डित पुरुषोतम दुवेले स्व. रौनियारको जिवनीका बारेमा चर्चा गरेका थिए । स्व.रौनियारको चैत्र १५ गतेका दिन उपचारका क्रममा ८५ बर्षको उमेरमा निधन भएको थियो ।