सखुवाप्रसौनीमा विष्णु महायज्ञ शुरु

30

संतोष रन्जितकार
वीरगंज, २७ चैत ।
पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १ देहरीमा बिष्णु महायज्ञ शुरु भएको छ । सो महायज्ञको प्रथम दिन बुधबार कलशयात्रा निकाली विधिवत रुपमा सुरु गरिएको हो ।
कलशयात्रा देहरीबाट शुरु भई सथवल, औराहा, कोन्हिया, कोइलाभारमा गई जल भरिएको थियो । ४ सय कुवारी कन्या सहितको कलशयात्रा संगै बाजागाजा सहित पुन दोहरीको यज्ञस्थलमा आई स्थानियहरुको सहयोगमा निमार्ण भएको मंदिरमा मुर्ती पनि स्थापना गरिएको छ ।
गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले सो मंदिरमा आफनो ब्यक्तिगत लगानीमा ८० हजारको राम, सिता, लक्ष्मण र हनुमान भगवानको तामाको मुर्ती स्थापना गराउनु भएको हो ।
बिष्णु महायज्ञको कलश यात्रामा पुर्ब मन्त्रि समेत रहेका नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीको बिशेष उपस्थिती रहेको थियो । महायज्ञ बैशाख २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।