बैशाखदेखि काँग्रेसको जागरण अभियान शुरु हुने ः सभापति देउवा

29

पोखरा, २८ चैत (रासस) ः
नेपाली का·्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकबद्ध र अन्तर्घातमुक्त बनाउन आफू दृढ सङ्ढल्पित रहेको बताउनुभएको छ । का·्रेसका जिल्ला कोषाध्यक्षहरुको दुईदिने तेस्रो राष्ट्रिय सम्मेलनका आज यहाँ उद्घाटन गर्दै उहाँले पार्टी स·ठनलाई बलियो बनाउनका लागि आउँदो वैशाखदेखि मुलुकमा जागरण अभियान शुरु गरिने उल्लेख गर्नुभयो ।
पार्टीका जिल्लास्थित कोषाध्यक्षहरुबाट कोष खडा गर्ने कार्य सान्दर्भिक भएको भनी प्रशंसा गर्दै उहाँले यसको माध्यमबाट पार्टी आर्थिक रुपमा सबल हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले प्रेस स्वतन्त्रता नियन्त्रण र मुलुकलाई पार्टीकरण गर्न खोजेको आरोप पनि उहाँले लगाउनुभयो ।
का·्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकबद्ध बनाउनका लागि पार्टीको केन्द्रीय कार्यालयको व्यवस्थापन मिलाउनुपर्ने र कहाँ–कहाँ अन्याय भएको छ, त्यस विषयलाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ऊहाँले संवैधानिक निकायको नियुक्तिमा सबैलाई मान्य हुने खालको निर्विवाद व्यत्तिको चयन हुनुपर्ने उल्लेख गर्दै सरकारले आयोगको नियुक्तिमा एकलौटी गरेको आरोप लगाउनुभयो । का·्रेसका महामन्त्री शशाङ्ढ कोइरालाले अन्तर्घातको कारण का·्रेस निर्वाचनमा पराजय भएको बताउँदै पार्टी एकजुट नभएमा भविष्य नरहनेतर्फ सचेत गराउनुभयो ।


का·्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीले आफ्नो आर्थिक गतिविधि पारदर्शी बनाउनुपर्ने उल्लेख गर्दैसम्मेलनबाट कोषलाई आर्थिक सङ्ढलन र खर्चको प्रक्रियाको विषयमा ठोस सुझाव प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । का·्रेसको नेतृत्वमा संविधान निर्माण भएको र तीनवटै निकायमा निर्वाचन गराउन सफल भए पनि जनता किन असन्तुष्ट भएको भन्ने सम्बन्धमा पार्टीमा गम्भीर रुपमा छलफल गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।
का·्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले प्रत्येक जिल्लामा खाता सञ्चालन गरी ठोस रुपमा अर्थ सङ्ढलन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीलाई नयाँ शक्ति, उर्जा र जागरणका साथ अगाडि बढाउनुपर्ने विषयमा जोड दिनुभयो । का·्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय समितिका अध्यक्ष गोविन्द पुडासैनीको अध्यक्षतामा भएको ऊक्त कार्यत्रममा का·्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायर, बहादुरसिंह लामा, सुरेन्द्रराज पाण्डे, अर्जुनप्रसाद जोशी र पार्टीका लेखा समिति संयोजक श्याम घिमिरेले पार्टीमा एकता हुनुपर्ने तथा गुटउपगुटको अन्त्य हुनुपर्ने विषयमा आआफ्ना धारणा प्रकट गर्नुभएको थियो ।
सोही अवसरमा क्यानडास्थित नेपाल जनसम्पर्कसमितिले द्वन्द्वपीडितका लागि पठाएको रु ५० हजारको चेक सभापति देउवालाई हस्तान्तरण गरिएको थियो भने नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशद्वारा प्रकाशित नयाँ वर्षको पात्रो सार्वजनिक गरिएको थियो । सोही अवसरमा आज बिहान सडक दुर्घटनामा निःधन हुनुभएका काँग्रेसका गुल्मीका पूर्वसभापति एवं पूर्वसांसद रुद्रमणि शर्मा भण्डारीप्रति श्रद्धाञ्जलि प्रकट गरिएको थियो ।