कुष्ठरोग अभियानका स्वयंसेवकहरुद्वारा अभिमुखिकरण कार्यक्रम

6

संतोष रन्जितकार
वीरगंज, २९ चैत ।
पर्साको सखुवा प्रसौनीमा शुक्रबार कुष्ठरोग अभियानका स्वयं सेवकहरुको लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सखुवा प्रसौनी गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकामा बैशाख ८ गते देखी हुने कुष्ठरोग निवारण अभियानको लागि गरिने घरदैलो कार्यक्रमको लागि खोजि टोलीमा खटिने स्वयं सेवकहरुको अभिमुखिकरण सम्पन्न भएको स्वास्थ्य संयोजक राजेश रौनियारले बताए । सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. १, मधुवन मथवलमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका शम्भु यादव र स्वास्थ्य संयोजक रौनियारले प्रशिक्षण दिएका थिए । यस्तै सखुवा प्रसौनी गाउँपालिकामा प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघका पदाधिकारीहरुको लागि २ दिने क्षमता विकास तालिम सुरु भएको छ । तालिमको उदघाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले प्रारम्भीक शिक्षा बलियो भए भविष्यमा विद्यार्थीहरुको पढाई राम्रो हुने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अध्यक्ष जयसवालले शिक्षा क्षेत्रको सुधारको लागि विद्यालय व्यवस्थापन समितिले यसमा विशेष ध्यान दिनुपर्ने निर्देशन समेत दिए ।
तालिममा प्रारम्भीक कक्षा फढाई कार्यक्रमका जिम्मेवार व्यत्ति भरत सहनी र समाजिक विकास शाखाका विनोद यादवले प्रशिक्षण दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत संदेश यादवले बताए ।