चैती छठ शुरु, अस्ताउंदो सुर्यलाई अर्घ

13

संतोष रन्जितकार
वीरगन्ज, २८ चैत्र ।
चैती छठ पर्वको मुख्य दिन बिहिबार साँझ ब्रतालु महिलाहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् । छठ पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइदै आएको छ ।


चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेश्रो दिन (बिहिबार) अर्थात षष्ठी तिथीलाइ छठको मुख्य दिन मानिन्छ । जसलाइ सँझीया घाटे पनि भनिन्छ । छठको मुख्य दिन बिहिबार साँझ ब्रतालु महिलाहरुले नदि, पोखरी, तलाउ लगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सुर्यलाइ अर्घ दिने चलन रहेको छ ।
सुर्य भगवान र छठी मातालाइ पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने तथा मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी, उखु लगायतको फुलफुलबाट छठी माताको पुजापाठ गरिन्छ ।
छठ पर्बको अन्तिम दिन सप्तमी तिथी (शुक्रबार) बिहान ब्रतालुहरुले फेरि छठघाटमा पुगेर छठीमातालाई पुजापाठ गरी उदाउदो सुर्यलाई अर्घ दिएपछि छठ पूजा विधीवत रुपमा समापन हुन्छ ।