संतोष रन्जितकार
वीरगंज, २९ चैत्र ।
विभिन्न मितिमा भंसार छली भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अबस्थामा थानको कपडा, कुर्तासुरुवाल, मोटरसाईकल पार्टस आदि गरि जम्मा मूल्य रु.९३ हजार बराबरको मालसमान र नेपालबाट भारत तर्फ लैजादै गरेको मरिच अन्दाजी ४० हजार बराबरको समेतगरी जम्मा मुल्य रु.१ लाख ३३ हजारको मालसमान नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय श्रीपुरले शुक्रबार आवश्यक कारवाहीको लागि बीरगंज भंसार कार्यालयमा बुझाएको श्रीपुरका प्रहरी निरिक्ष्कँ चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।