संतोष रन्जितकार
वीरगंज,२९ चैत ।
वर्षीक परिक्षाको नतिजा आए लगत्तै पर्साका पुस्तक व्यवसायी चिन्तीत देखिएका छन् । निजि स्कुलमा वर्षै पिछे नयाँ पुस्तक परिवर्तन गरेसँगै पुस्तकको सुचि समयमा उपलब्ध नभएको प्रति पुस्तक व्यवसायी चिन्तीत भएका हुन् ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला समिति पर्साले शुक्रबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी प्याप्सन एन प्याप्सनलाई नयाँ शैक्षिक पाठय पुस्तकहरुको सुचि समयमा उपलब्ध गराउन पत्र पठाएको तर हालसम्म कुनै जवाफ नआएको आरोप लगाए ।
विद्यार्थी तथा अभिभावकलाई वर्ष पीछै नयाँ पाठय पुस्तक कमीशनको खेलमा परिवर्तन गरी दुःख दिन गरेको पुस्तक व्यावसायीका सल्लहकार जटाशंकर यादवले बताए । उहाले भने दुई दिन पछि नयाँ वर्षको आगमनसँगै निजि विद्यालयले नयाँ शैक्षिक सत्रमा कुनै पुस्तक पसलमा नयाँ पठयपुस्तक तथा निमायवलीको सुचि समयमा उपलब्ध नगराएको बताउनु भयो ।