राजपाद्वारा वीरगंजमा र्‍याली तथा विरोध प्रदर्शन

21

संतोष रन्जितकार
वीरगंज, २९ चैत ।
राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले शुक्रबार वीरगंजमा विरोध प्रदर्शन गरेको छ । ९ बुंदै माग सहित वीरगंजको घण्टाघरबाट निस्केको राजपाको बिरोध जुलुश माइस्थान, महाविरस्थान, आदर्शनगर हुदै वीरगंज बजार क्षेत्रको परिक्रममा गरेको थियो ।


लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर, संविधान संसोधनको मांग पुरा गर, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहा गर, आन्दोलनकारी माथीको मुद्दा फिर्ता गर, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर, भ्रष्टाचारी, कालोबजारी, महंगी, बेरोजगारी अन्तय गर, राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर लगायतका मांग राख्दै राजापाले बिरोध प्रदर्शन गरेको थियो । सो विरोध जुलुस राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा निकालिएको थियो ।
विरोध प्रदर्शनमा सह–महासचिव नेजामुद्दीन समानी, केन्द्रीय सदस्य बरकतुल नेसा, जिल्ला अध्यक्ष प्रेम बाबू पटेल, सचिव उमेश सहनी, मुस्लिम विभागको केन्द्रीय अध्यक्ष खैरूद्दीन मियाँ, मुस्लिम नेताहरू अजीम हवारी, वकिल मियाँ, बीरगंज वडा नं. ३ र ३२ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, रियाज मियाँ ठकुराई, युवा अध्यक्ष सुशील पटेल, युवा नेताहरू सलाउद्दीन मंसूरी, लियाकत अली, राजु गुप्ता, अफरोज आलम, शौकत मियाँ विधार्थी नेताहरू जिल्ला अध्यक्ष मधुसूदन चौरसिया, ठाकुर राम क्याम्पसका इकाई अध्यक्ष अमित यादव, सचिव सगिर अली, अफरोज आलम महिला नेतृ संगीता दास, सिमा देवी लगायतको उपस्थिति रहेको थियो ।