वीरगंजले पटनालाई क्रिकेटमा हरायो

7

संतोष रन्जितकार
वीरगंज, २८ चैत्र ।
वीरगन्जमा जारी दोश्रो वीरगन्ज च्यामपियन टि–ट्वान्टी लिग क्रिकेट प्रतियोगीता २०७५ मा बिहिबार तिन वटा खेल सम्पन्न भएको छ । बिहिबार भएको पहिलो खेलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज जितेको छ । पहिलो खेल पटना र वीरगन्ज बिच हुदाँ वीरगन्ज युनाइटेड क्लब वीरगन्जले पटनालाई १० रनले हराएको आयोजक क्लबका राजुल हवारीले जानकारी दिए । खेलमा म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका नसरुदिन अंसारी घोषित भएका थिए ।
नारायणी रंगशालामा जारी रहेको प्रतियोगीताको आजको दोश्रो खेलमा बेतियाले जितेको छ । दोस्रो खेलमा बेतिया र मकवानपुर बीच प्रतिस्पर्धा हुदाँ बेतियाले ७९ रनले जितेको हो । खेलको म्यान अफ दि म्याच बेतियाका सकिबुल गनि घोषित भएका थिए ।
यस्तै तेस्रो खेलमा युनाइटेड क्रीकेट क्लब वीरगन्ज बिजयी भएको छ । युनाइटेड क्रिकेट क्लब वीरगन्ज र जनकपुर बीच प्रतिस्पर्धा हुंदा जनकपुरलाई वीरगन्जले ४ विकेटले हराएको आयोजक क्लबका राजुल हवारीले बताए । खेलमा म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका विवेक यादव भएका थिए ।
भोलिको पहिलो सेमिफाईनल खेलमा युनाइटेड क्रिकेट क्लब वीरगन्ज र बेतिया बिच प्रतिस्पर्धा हुनेछ भने दोश्रो सेमिफाईनलमा जितेको टोलीसंग नेपाल पुलिस र पटना भिड्ने छन । प्रतियोगीताको फाईनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।