शिक्षाका क्षेक्रमा ठूलो त्रान्तिकारी परिर्वतनको खाचो रहेको छ ः पूर्व अर्थमन्त्री पाण्डे

22

संतोष रन्जितकार
वीरगंज,२९ चैत ।
पूर्व अर्थ मन्त्री एवम नेकपाका सांसद सुरेन्द्र पाण्डेले शिक्षाका क्षेक्रमा ठूलो त्रान्तिकारी परिर्वतनको खाचो रहेको बताएका छन् ।४० औ शिक्षक दिवस तथा अम्बिका स्मृति शिक्षा पुरस्कार वितरण कार्यक्रमको उदघाटनमा देशमै राजनीति क्रान्ति भएको अनुसार शिक्षामा समेत ठूलो क्रान्ति जरुरी रहेको सांसद पाण्डेले बताउनु भयो ।
शुक्रवार नेपाल पत्रकार महासंघको सभाहलमा नेपाल राष्ट्रिय शिक्षक सं·ठन पर्साको शिवनाथ प्रसाद थारुको सभापक्तिवमा आयोजित कार्यत्रममा अबको शिक्षाको पद्धति किताब पढाएर होइन इनोभिटिक शिक्षाको खाँचो रहेको जानकारी दिनु भयो । उहाले अहिले युगसँग हिडने गरी शिक्षाको आवश्यकता रहेको भन्दै राजनिति अध्याय सकिएको र आर्थीक परिर्वतन सुरु गर्नु पने बताए । मुलकमा नारा जुलुस बन्द गर्दै काम गर्ने वातवरण बनाउन सबैले आ–आफनो ठाउँबाट जिम्मेवारी बहन गर्नु पने सांसद पाण्डेले औल्याएका थिए ।


उहाले फरक प्रस·मा सांसद पाण्डेले सबै कुरा नेताले गर्ने होइन सबैको आ–आफनो जिम्मेवारी वहन गर्नुपर्ने भएकोले शिक्षकले पढाउने, इजिनियरले डिजाइन बनाउने भएकोले जो–जोसंग सम्बन्धित रहेका व्यक्तिहरुसँग समन्वय गरेर काम गर्न निर्देशन समेत दिनु भयो । राष्ट्रिय व्यापी चलीरहेको पार्टि एकताका विषयमा उनले भने नेकपाको आफनो स्थापना दिवसको अवसरमा पार्टी एकताको टु·ो लगाउने तैयारीको साथै जिल्लाहरुको जिल्ला कमिटी गठन बैशाख ८ गते अर्थात २२ अप्रील सम्ममा टु·ो लागीसक्ने पार्टीको रणनीति रहेको पाण्डेले बताए । कार्यक्रममा शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका ३२ जना शिक्षकहरु सम्मानित भएका थिए ।