हाम्रो मन्टेस्सोरी वीरगंज स्कुलको उदघाटन

83

संतोष रन्जितकार
वीरगंज, २८ चैत्र ।
वीरगंज महानगरपालिका वडा न.११ श्रीपुरमा एक समारोह बीच हाम्रो मन्टेस्सोरी वीरगंज स्कुलको उद्घाटन सम्पन्न भएको छ । वीरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा.दिपक शाक्यको प्रमुख आतिथ्यमा गमलामा पानी हाली, पानसमा द्विप प्रज्वलित गरि र रिबन काटेर कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि डा.दिपक शाक्यले अहिले वीरगंजमा धेरै मन्टेस्वरी स्कुल खुलेको छ र खुल्दै छ, स्कुल खोल्नु ठूलो कुरा होईन तर स्कुलमा क्वान्टिटी भन्दा पनि क्वालिटी हुन आवश्यक रहेको बताउनु भएको थियो । हामिले आफ्नो बच्चाहरुलाई ढुक्कसंग स्कुलमा पठाउन सक्ने वातावरण छ कि छैन त्यो हेर्नु पर्ने हुन्छ । बच्चाहरु स्कुल जांदा हाँसेर जाओस र स्कुलबाट फर्कने बेला रोएर फर्कोस, जसले गर्दा हामीलाई यो थाहा हुन्छ कि स्कुलको वातावरण राम्रो छ भन्ने कुरामा जोड दिनुभएको थियो । अभिभावकहरुले पनि आफ्नो बालबालिकाहरुलाई कुरै नबुझी, स्कुलको वातावरण नबुझी, यो आफ्नो चिनेको मान्छे हो राम्रो छ भनेर आफ्नो बच्चाहरुलाई गलत ठाउँमा पठाउने गर्दछन्, त्यसो नगर्न वहाँले अभिभावकहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

हाम्रो मन्टेस्सोरी वीरगंजका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा.राधा भट्टराई, डा.अभिषेख अर्याल, पुरेन्द्र लाभ, नवीन कार्की, घनश्याम चौरसिया, निरज पिठाकोटे मगर, जगत राई, अजित भुजेल, सुनिल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन समिना रन्जितकारले गर्नु भएको थियो ।

https://ankushdaily.com/