हावाहुरी प्रभावित क्षेत्रमा कोइरालाको सक्रियता

3

संतोष रन्जितकार
बारा, २८ चैत्र ।
नेपाली काग्रेंसका प्रभावशाली नेता डा. शेखर कोइराला आफ्ना सबै राजनितिक कार्यक्रम स्थगित गरेर विगत तिन दिनदेखि हावाहुरीबाट अति प्रभावित बारा जिल्लाको दक्षिण परिश्चमका ग्रामीण बस्तीहरुमा व्यस्त हुनुहुन्छ । बिभिन्न कार्यक्रममा सहमागी हुन विराटनगर पुग्नुभएका कोइराला उदयपुर हुदैं बारा पुग्नुभएको हो ।
त्यसो त हावाहुरी आएको भोलिपल्टै उनी बारा जान तयारी गर्नुभएका कोइरालाले विराटनगर र उदयपुरका पुर्वनिर्धार्िरत कार्यक्रम रोक्न आयोजक नमानेपछि उहाँ रोकिनुभएको थियो । अहिले डा. कोइरालाले प्रभावित क्षेत्रको अवलोकन गर्नुका साथै मृतक र घाइतेका परिवारहरुलाई उनीहरुकै बस्तीमा गएर भेट गर्नु भएको छ । नोना कोइराला स्मृति प्रतिष्ठानले बिराटनगरबाट पठाएको औषधी र राहत सामाग्री समेत बितरण गर्नुभएका कोइरालाले बिपत पछि हुने स्वास्थ्य जोखिम र खान बस्ने ब्यबस्था मिलाउन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र प्रधानमन्त्री के पी शर्मा ओलीलाई टेलिफोन गरेर आग्रह गर्नुभएको थियो ।


उहाँले प्रभावित परिवारको बाँसको ब्यबस्था समेत मिलाउन भन्नुभएको छ । डा कोइरालाले कांग्रेस पार्टीले पनि प्रभावति परिवारलाई व्यवस्थित गर्ने काम गर्न पार्टीका सबै निकायलाई निर्देशन दिनुभएको हो ।
डा कोइरालासंगै बारा जिल्लाकै पुर्व सांसदहरु डा. शोभाकर पराजुली, लालबाबु सिंह, रामअयोध्या यादव, बारा जिविसका पुर्व सभापति राजेन्द्र प्रसाद यादव, बारा कांग्रेसका सचिव मनोज भट्ट लगायतका नेता एंव कार्यकर्ताहरु राहत वितरण कार्यमा जुटनुभएको छ ।