हुदा डेभलोपमेन्टद्वारा पीडितहरुलाई राहत वितरण

16

वीरगंज, २८ चैत्र ।
हुदा डेभलोपमेन्ट सोसाईटीद्वारा बुधबार हावाहुरी पीडितहरुलाई राहत वितरण गरिएको छ । यही चैत्र १७ गते आएको विशाल हावाहुरीबाट प्रभावित भएका बाराको पुरैनियाका पीडितहरुलाई राहत वितरण गरिएको हो ।


हुदा डेभलोपमेन्ट सोसाइटीका अध्यक्ष फिरोज अंसारीको नेतृत्वमा पीडितहरुलाई राहत वितरण गरिएको थियो । सो सोसाइटीद्वारा बाराको पुरैनियाका ६० घरपरिवारलाई राहत वितरण गरिएको थियो भने राहत सामग्रीहरुमा मेट, झुल, बाल्टिन, मग, साबुन, सर्फ, ब्रस, पेष्ट, चाउचाउ, चामल, दाल, चिउरा, दालमोठ, खानेतेल, चिनी, र सुत्केरीहरुको लागि हरलिक्स लगायतको सामग्रीहरु वितरण गरिएको थियो । वितरण कार्यक्रममा अफरोज अंसारी, फैयाद अंसारी, इम्तियाज अंसारी, इकबाल मिया ठकुराई, तबरेज अंसारी, परबेज अंसारी, जहांगिर अंसारी, अब्दुल कलाम लगायतको सहभागिता रहेको थियो ।