क्षितिज स्मृति फ्रतिष्ठानद्वारा रक्तदान तथा सम्मान कार्यत्रम

98

संतोष रन्जितकार
वीरगंज, ३० चैत्र ।
स्व. क्षितिज श्रेष्ठको तेस्रो बार्सिक पुन्यतिथिको अवसरमा क्षितिज स्मृति फ्रतिष्ठान वीरगंजको आयोजनामा शनिबार रक्तदान तथा सम्मान कार्यत्रमको आयोजना गरेको छ । सम्मानित हुनु भएका शिक्षा क्षेत्रमा डेसिमल कालेज बिरगंजका प्रमुख प्रा.डा, सुस्मा तिवारी द्विवेदी र सामाजिक क्षेत्रमा सामाजिक अभियन्ता प्रकाश थारुलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मानित गरिएको थियो ।

क्षितिज स्मृति प्रतिष्ठान वीरगंजका अध्यक्ष बलिराम श्रेष्ठको अध्यक्षतामा र भारतिय बाणिज्य दूतावास वीरगंजका कन्सुलर डा. कोट्रास्वामिको फ्रमुख आतिथ्यमा रक्तदान गरि कार्यत्रमको शुभारम्झ गरिएको थियो । ३ महिला सहित २८ जनाले रक्तदान गरेका थिए । रत्तदान गर्नुहुनेमा महिला राजेश्वरी चौधरी, स्वता श्रीवास्तव, प्रतिमा शर्मा, व्यवस्थित वीरगंज अभियानका संयोजक एवम् विद्यार्थी नेता दिलिपराज कार्की, बिटिभिका निर्देशक दिपेश श्रेष्ठ, रोमित सिंह, रामाधार राउत, रबिन्द्र तिमिल्सिना, सुबोध कुमार गुफ्ता, हरिचन्द्र महतो लगायतले रक्तदान गरेका थिए । रत्तदान कार्यक्रममा वीरगंज पब्लिक कालेजका निर्देशक डा.दिपक शाक्य, प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष गजेन्द्रमान सिंह, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का सदस्य जगत राई, ब्लड बैंक वीरगंजका प्रमुख सौरभराज पाण्डे, मनकामना माबिका प्रधानाध्यापक पुरन प्रधान, ताराचन्द माबीका प्रधानाध्यापक राजन जोशि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पर्साका उपाध्यक्ष अजित भुजेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन दिगम्बर थापाले गर्नु भएको थियो ।