पाठ्यपुस्तकको सुचि सार्वजनिक नगरेको प्रति निजी विद्यालय एसोसिएसनको आपत्ति

10

संतोष रन्जितकार
वीरगंज, ३० चैत्र ।
कमिशनको खेलमा पाठयपुस्तकहरुको सुचि सार्वजनिक नगरेको भन्ने समाचार प्रति निजि तथा आवसिय बिद्यालय एशोसिएसन पर्सा र राष्ट्रिय निजि तथा आवसिय बिद्यालय एशोसिएसन पर्साले आपती जनाएका छन । निजि तथा आवसिय बिद्यालय एशोसिएसन पर्साका सचिव राहुल श्रीवास्तव र राष्ट्रिय निजि तथा आवसिय बिद्यालय एशोसिएसन पर्साका सचिव प्रमोद कुमार रायमाझीले शनिबार संयुक्त रुपमा बिज्ञप्ती निकालि सो आपति जनाएका हुन । शुक्रबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ पर्साले पत्रकार सम्मेलनको आयोजना गरेर निजि बिद्यालयका संचालकहरुले कमिशनको खेलमा पाठयपुस्तकहरुको सुचि सार्वजनिक नगरेका दाबि गरेका थिए । एशोसिएसनले स्थानिय दैनिक पत्रिकामा २५ प्रतिशत कमिशन निजि बिद्यालयले लिने गरेको झुठो आरोप प्याब्सन र एनप्याब्सन माथि लगाएकोले सो समाचारले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ ।