पार्टी एकलौटी सञ्चालन भएको ः नेता सिंह

5

विराटनगर, ३० चैत (रासस) ः
नेपाली का·्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढ·ले सञ्चालन गरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको विधान, नीति र कार्यकर्ताको भावना विपरीत सञ्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गर्नुभयो ।
उहाँले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गर्नुभयो । उहाँले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाई गरिएको निर्णय विधि र पक्रिया नमिलेकोप्रति का·्रेसले विरोध गरेको बताउनुभयो ।
उहाँले नेतृत्वले विधान उल्लंघन गरेका कारण नै नेविसंघ लगायतका भ्रातृ स·ठन र शुभेच्छुक स·ठनको महाधिवेशन हुन नसकेको आरोप लगाउनुभयो । नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिई कार्य गराउन सके माक्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यत्त गर्नुभयो ।