प्रदेश नं. २ को शैक्षिक स्थिती धेरै कमजोर रहेको छ ः सांसद यादव

18

संतोष रन्जितकार
वीरगंज,३० चैत्र ।
संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले प्रदेश नम्बर २ को शिक्षाको स्थिती अहिले पनि धेरै कमजोर देखीएको बताउनु भएको छ । वीरगंज महानगरपालीका वडा नम्बर ११ श्रीपुरमा संचालनमा आएको डिजिटल प्रविधियुक्त विदयान्जली पब्लीक स्कुलको एक कार्यक्रमका विच उद्घाटन गर्दै सांसद यादवले प्रदेश नम्बर २ को ८ जिल्लाका ३ लाख बालबालीकाहरु अहिले पनि विधालय जान नसकेको जानकारी गराउनु भयो ।
शिक्षाको ज्योतीबाट बञ्चीत हुन नदिन विधालय आउन नसकेका बालबालीकाहरुलाई सरकारले विशेष कार्यक्रम ल्याएर उनीहरुलाई पनि विधालय ल्याउने वातावरण बनाउन आग्रह गर्नु भयो ।
धेरै सामुदायिक विधालयहरुमा अहिले पनि पढाई भन्दा पनि शिक्षकहरुको राजनिती बढी हुने गरेको कारण सामुदायिक विधालयको पढाई कमजोर भएको पाइएको सांसद यादवले बताउनु भयो ।
सामुदायिक विधालयहरुको शिक्षा मजबुत बनाउन शिक्षा क्षेत्रमा शिक्षकहरुलाई राजनीति नगर्न सांसद यादवले आग्रह गर्नु भयो । यदी राजनीति नै गर्नु छ भने शिक्षक पदबाट राजिनामा दिएर खुला रुपमा राजनिती गर्न सल्लाह दिनु भयो ।
कार्यक्रममा सांसद यादवले निजि विधालयहरुको कारण शिक्षाको स्तर बढे संगै सामुदायिक विधालयहरुको पनि शिक्षाको स्तरमा बृद्धी भएको बताउनु भयो ।
यस्तो प्रविधिको पढाइले बच्चाको शिक्षामा प्रगती हुनुका साथै बच्चाहरुको वृती विकाशमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । बहुदल आए पछि निजि विधालयहरु खुल्ने क्रम बढे संगै शिक्षाको स्तर पनि धेरै अगाडी बढेको बताउनु भयो ।
कार्यक्रममा डा. अशोक दास, समाजसेवी जसपाल सिंह, वीरगंज पब्लीक कलेजका शिक्षक युगल किशोर, बासु कर्ण, प्रेम शंकर लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा सालु बजाजले पेपरलेस डिजिटल फ्रविधियुक्त बुकबारे जानकारी गराएकी थिइन । कार्यत्रम विधालयका प्रधानाध्यापक हृदयानन्द तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।