वीरगंज कलेजको चौथो वार्षिक उत्सव सम्पन्न, शैक्षिक क्षेत्रको विकासको लागि राज्यले ठोस पहल गर्नु पर्छ ः मन्त्री सोनल

132

संतोष रन्जितकार
वीरगंज, ३० चैत्र ।
वीरगंज महानगरपालिकाको श्रीपुरस्थित वीरगंज कलेज प्रा.ली.ले आफ्नो चौथो बार्षिक उत्सवको अवसरमा बिभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरेको छ । सो अवसरमा विविएसको पढाई पुरा गरेको छात्र तथा छात्राहरुलाई विदाई समेत गरिएको थियो । कलेजका अध्यक्ष डा.दिपेन्द्र चौधरीको अध्यक्षतामा तथा प्रदेश २ का भौतिक पूर्वधार विकास मन्त्री जितेन्द्र सोनलको प्रमुख आथित्यमा सम्पन्न भएको बार्षिक उत्सव कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापती अजय द्विवेदी, नेकपाका केन्द्रिय सदस्य अशोक राई, राजपामा महामन्त्री नेजामोदिन समानी, नेकपा युवा नेता रहबर अंसारी, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, वीरगंज उद्योग वाणिज्य संघ बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ता, ठाकुरराम बहुमुखि क्याम्पसका डा.प्रमोद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका सदस्य मनोज पटेल लगायतकाले शुझकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनलले सबै विकासको मुख्य जड भनेको शिक्षा नै रहेको कारण शैक्षिक क्षेत्रको विकासको लागि राज्यले ठोस पहल गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो । सरकारी विद्यालयहरुको गुणस्तर सुधारसँगै राज्यले निति क्षेत्रबाट खुलेका शैक्षिक संस्थाहरु पनि संरक्षण गर्नु पर्ने बताउनु भयो । निति क्षेत्रबाट खुलेका शैक्षिक क्षेत्रले पनि देशको शैक्षिक विकासको लागि अतुलनिय योगदान पुर्‍याएको बताउँदै राज्यको तर्फबाट पनि हुनु पर्ने दायित्व राज्यले पुरा गर्नु पर्ने वहाँले जोड दिनु भयो । देशमा अब प्राविधिक शिक्षाको खाचो रहेको बताउँदै युवाहरुलाई देशमै रोजगारीको ग्यारन्टी गर्न नसकिएको कारण युवाहरु विदेशिनु परेको बताए ।
कलेज परिसरमा आयोजना गरिएको कार्यक्रममा कलेज संचालन तथा कलेजको शैक्षिक वृति विकासको लागि सहयोग गर्नु हुने फ्याक्लटिमेवर तथा प्राध्यापकहरुलाई सम्मान समेत गरिएको थियो । बार्षिक उत्सवको अवसरमा विझिन्न सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो । कार्यत्रम उद्घोषण कलेजका संयोजक प्रेम पटेलले तथा बिबिएस प्रथम बर्षका छात्र बिवेक कर्णले गरेका थिए ।

https://ankushdaily.com/