धनगढी, १ वैशाख (रासस)ः
नेपाली का·्रेसका सभापति शेरबहादुर देउवाले जनसम्पर्क बढाउन पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेपाली का·्रेस कैलालीले प्रकाशन गरेको वार्षिक भित्ते पात्रोको आज यहाँ विमोचन गर्दै पूर्वप्रधानमन्त्री देउवाले घरघरमा पुगेर जनताको सुखका लागि काम गर्न निर्देशन दिनुभयो ।
सभापति देउवाले पार्टीमा गलत काम गर्नेलाई अनुशासनको कारवाही गरिने चेतावनी दिनुभयो । वर्तमान सरकारले अनियमितता गरेको र जताततै कर वृद्धि गरेर जनतालाई दुःख दिने काम गरेको उहाँको आरोप थियो । का·्रेस केन्द्रीय सदस्य रमेश लेखकलगायतले पार्टीको स·ठन विस्तारमा जोड दिनुभएको थियो ।
नेपाली का·्रेस कैलालीले पार्टी र नेताको इतिहास समेटिएको वार्षिक भित्ते पात्रो प्रकाशन गरेको हो ।