बिरन्चीबर्वामा पासो लगाएर एक व्यक्तिको मृत्यु

28

संतोष रन्जितकार
वीरगंज, १ बैशाख ।
पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ५ बिरन्चीबार्वामा एक जना पासो (फाँसी) लगाएर झुन्डिएको अवस्थामा फेला परेको छ । बिरन्चीबर्वा निवासी ४५ बर्षिय शंकर पासवानको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो ।
आइतबार बिहान गाउँ भन्दा बाहिर रुखमा झुन्डिएको अवस्थामा मृतक पासवानलाई गाउँलेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगि शवको मुचुल्का उठाउने काम गरेको थियो ।
मृतक पासवानका एक छोरा र एक छोरी छ्न । दुबै जनाको बिहे भईसकेको छ भने छोरा हाल वैदेशिक रोजगारको क्रममा विदेशमा रहेका स्थानियहरुले बताएका छ्न ।

https://ankushdaily.com/