वीरगंज युथ एकेडेमीद्वारा नयाँ वर्षको अवसरमा जनचेतनामूलक र्‍याली

49

संतोष रन्जितकार
वीरगन्ज, १ वैशाख ।
ॅस्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित वीरगन्ज युथ एकडेमीले आइतबार नयाँ वर्षको अवसरमा जनचेतनामुलक र्‍याली निकालेको छ । वीरगन्जको घण्टाघर स्थितबाट निकालिएको र्‍यालील माइस्थान, महावीर स्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।


एकेडेमीका अध्यक्ष मधुकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजरा, नेकपाका नेता प्रभु हजरा, विचारी यादव, बालगोपाल थापा, किशोरी कुशवाहा, बाबुराम कौशिक, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निशान्त लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा खेलाडीहरुलाई प्रोत्साहनको निम्ति मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष हजराले रु १० हजार, नारायणी स्टेशनरी रु १० हजार, हेमन्त चौरसिया रु १५ हजार, नेशनल एकडेमी रु ४ हजार ५ सय, क्लबका मधुकृष्ण महर्जन रु १० हजार लगायतले सहयोग प्रदान गरेका थिए ।