सांसद थापाद्वारा संम्पदा संरक्षण अभियान शुरु

30

काठमाडौँ, १ वैशाख (रासस)ः
नेपाली का·्रेसका केन्द्रीय सदस्य तथा काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान थाल्नु भएको छ । गत वर्षभरि ॅम बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान चलाउनुभएका थापाले आजदेखि नयाँ वर्ष २०७६ भरिका लागि ॅहाम्रो सम्पदा, हाम्रो सम्पत्ति’ नाराका साथ सम्पदा संरक्षण अभियान शुरु गर्नुभएको हो ।
काठमाडौँ क्षेत्र नं ४ को सांसदको कार्यालयमार्फत् शुरु गरिएको उक्त अभियानअन्तर्गत पहिलो कार्यक्रम आज ज्ञानेश्वर भैरवस्थान मन्दिरमा गरिएको कार्यालयका सचिव शङ्ढर कुइँकेलले जानकारी दिनुभयो । सांसद थापासँगै प्रदेशसभा सदस्यद्वय नरोत्तम वैद्य र राधा घले, स्थानीय जनप्रतिनिधि, वातावरण तथा संस्कृतिविद् तथा स्थानीयवासीले सम्पदाको संरक्षणका बारेमा छलफल गरी सो योजना बनाएका छन् । पहिलो कार्यक्रम भएको ठाउँ भैरवस्थान मन्दिरको आज सरसफाइ गर्दै त्यसमा गर्नुपर्ने कामको विवरण पनि तयार पारिएको कुइँकेलले बताउनुभयो ।
अभियानको शुरुआत गर्दै सांसद थापाले पुर्खाले बनाएको सम्पदाको संरक्षण र सम्वर्द्धन गर्नु अहिलेको पुस्ताको दायित्व भएकाले अभियान थालिएको बताउनुभयो । उहाँले देशले गौरव गर्ने र विश्वमा नेपाललाई चिनाउने माध्यम भएकाले पनि सम्पदाको संरक्षणमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । नेता थापाले सम्पदाको संरक्षणमा पर्याप्त चासो नदेखिनु चिन्ताको विषय भएको बताउनुभयो । ँयसतर्फ ध्यान दिन विशेष गरेर युवा पुस्तालाई आग्रह गर्छु, उहाँले भन्नुभयो । सांसद थापाले यस वर्षलाई सम्पदा संरक्षण वर्षका रुपमा मनाउन लागिएकाले उक्त अभियानअन्तर्गत हरेक महीना कम्तीमा एउटा सम्पदा क्षेत्रमा सरसफाइ, छलफल र योजना निर्माण गरिने जानकारी दिनुभयो ।

https://ankushdaily.com/