आवाज एफएमको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

28

संतोष रन्जितकार
वीरगंज, २ बैशाख ।
आवाज एफ.एम. ८८ मेगाहर्ज वीरगंजको बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । एफ.एम. दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा प्रबेश गरेको शुभ अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको हो । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन सोमबार एफ.एम. परिसरमा श्रोता मिलन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो ।


एफएमका संचालक श्याम बन्जाराको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जनकपुर उच्च अदालत वीरगंजका न्यायाधिश दिल्ली राज आचार्य रहेका थिए । कार्यक्रलाई सम्बोधन गर्दै प्रमुख अतिथी न्यायाधिश आचार्यले देश बिकासमा संचार क्षेत्रको ठूलो भुमिका रहेको बताए । एफएमबाट नै संचार क्षेत्रको सुरुवात भएको बताउदै उनले संचारबाट संस्कृतिको जर्गेना हुने पनि बताए । जहिले पनि असल र सत्य पत्रकारिता गर्नु पर्ने सुझाव दिदै उनले आवाज एमएम आवाज विहिनको आवाज बन्नु पर्ने भन्दै शुभकामना दिए । न्यायाधिश आचार्यले एफएमका रश्मी राजभण्डारीलाई प्रमाण–पत्र सहित ५१००।– नगद र मोहनलाल पण्डितलाई २५००।– नगद र प्रमाण–पत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रममा नेकपाका नेता एवं पूर्व सांसद राजकुमार गुप्ता, विचारी यादव, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, वीरगंज उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल लगायतले आ–आफm्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यत्रमको संचालन एफएमका प्रबन्धक सुरेश विडारीले गरेका थिए ।
एफएमले यस अघि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सरसफाई, फलफुल वितरण, मैत्रीपूर्ण फुटबल प्रतियोगिता लगायतको कार्यक्रम गरेको थियो ।