सशस्त्रद्वारा तस्करीको सामान बरामद

15

संतोष रन्जितकार
वीरगंज, २ बैशाख ।
सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले अवैध रुपमा बीरगंज आसपास नाकाहरुबाट भन्सार छलेर भित्रयाउदै गरेको करिब चार लाख रुपैया मुल्य बराबरको अबैध सामान पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोलीले बाराको बलिरामपुर र बीरगंज माहानगरपालिका १ स्थित छकपैया भकुवा नाकाबाट तस्करहरुले टाउकोमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
सो गस्ती टोलीले बिशेष सुचनाको आधारमा अबैध रुपमा नेपाल भित्रयाउदै गरेको ३ लाख ९२ हजार २ सय ९० रुपैया बराबरको लत्ता कपडा र पेन्ट पक्राउ गरेको हो । सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक तिलक खडकाको नेतृत्वमा रहेको गस्ती टोलीले बीरगंज भन्सार देखी १ किलो मिटर पश्चिममा रहेको भकुवा नाकाबाट आईतबार राती करिब १२ बजे तिर तस्करहरुले टाउको र साईकलमा भन्सार छलेर भित्रयाउदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको अबैध भन्सार छलीका सामानहरुमा सटि· सुटि·को कपडा, कुर्ता शुरुवाल, पाईन्टको कपडा, चोलो पेटिकोटको कपडा र पेन्ट रहेको राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक खडकाले जनाएका छन ।
पक्राउ गरेको अबैध सामान आवश्यक कारवाहीको लागी सोमबार बीरगंज भन्सार कार्यालयमा बुझाईएको खडकाले जानकारी दिए ।