सामाजिक संस्था जिल्ला समन्वय समितिद्वारा अध्यक्ष मियाँ सम्मानित

35

संतोष रन्जितकार
वीरगंज, २ बैशाख ।
सामाजिक संस्था जिल्ला समन्वय समिति, वीरगंजले सोमबार एक कार्यक्रमका बिच नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का अध्यक्ष फुलमहमद मियाँलाई सम्मान गरेको छ ।
संस्थाको सल्लाहकार समेत रहेका नव निर्व्चाित अध्यक्ष मियाँलाई सम्मान गरिएको सामाजिक संस्थाका हरिन्द्र साहले बताए । वीरगंज राधेमाई स्थित रहेको संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अध्यक्ष मियाँलाई दोसल्ला ओढाई, फुलको माला र अबिरको टिका लगाई सम्मान गरिएको उनले जानकारी गराए ।
संस्थाका अध्यक्ष इब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा युनिसेफका बृजकिशोर पटेल, संस्थाका उपाध्यक्ष रामाकान्त पटेल, महासचिव रामप्रबेश साह लगायतको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/