संतोष रन्जितकार
बारा, २ बैशाख ।
बाराका पत्रकार जियालाल चौधरी सोमबार साँझ मोटरसाइकल दुर्घटनामा परि घाइते भएका छन् । बाराको कोल्हवी नगरपालिका ७ प्रसौनिमा टाटासुमोले उनको मोटरसाईकललाई ठक्कर दिंदा उनी लडेर घाइते भएका हुन् । साँझ सवा ६ बजे उनि चढेको प्लाटिना मोटरसाईकललाई ना १ ज ३६०६ नम्बरको टाटासुमोले ठक्कर दिएको थियो । घाइते चौधरीको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा उनकी पत्नी सुनिता गम्भिर घाईते भएकी छिन् । उनलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । स्थानीयहरुले उनीहरुको उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।