कुरिती विरुद्ध जागरण मंचद्वारा हावाहुरी पीडितलाई राहत वितरण

17

संतोष रन्जितकार
वीरगंज, ३ बैशाख ।
नेपाल एयरलाइन्सका कर्मचारीहरु प्रायोजक रहेको तथा दाइजो एवम सामाजिक कुरिति बिरुद जागरण मंचको आयोजनामा मंगलबार वीरगंज १२ मुर्ली स्थित नेपाल सिटी पैलेस हलमा बारा र पर्साका हावाहुरीबाट अति नै बढी प्रभावित असहाय भएका भलुही मानगाढवा, भरवलिया, पुरैनिया, प्रसौनी खुटवा, जगरनाथपुर र सुखचैना गरी कूल ७ गाउँका जम्मा २९ मघ्ये २६ जनालाई साइकल १ जनालाई सिलाइ मेशीन २ जनालाई ६ हजार नगद बितरण गरिएको थियो ।


कार्यक्रम अतुल्लाह अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तब्य बृजेशवर प्रसाद चौघरी र संचालन शैलेन्द्र त्रिपाठी ले गर्नु भएको थियो । त्यस्तै बिशिष्ट अतिथिमा प्रसौनी गापाका अध्यक्ष भोला प्रसाद गुप्ता, उपाध्यक्ष गीता देवी, फेंटा गाउपालिकाका उपाघ्यक्ष कमरुन खातुन, सुरेन्द्र कुर्मी, रामलक्षण यादव, प्रकाश थारु, भरतभूषण पाण्डे, हरेन्द्र पटेल, अजित राइ, कन्हैया पटेल, शंकर आचार्य, मालती कुशवाहा, जाकिर हुसैन, आंशिक अन्सारी, रामराज्य प्र यादव, अशोक श्रीवास्तव, नबिरसूल अन्सारी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।