ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा दुई घाइते, अवस्था चिन्ताजनक

16

संतोष रन्जितकार
वीरगंज, ३ बैशाख ।
वीरगंज महानगरपालिकाको वडा नं. १७ अलौंमा ट्रकको ठक्करले २ जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा स्थानिय मोटरसाइकल चालक १७ बर्षिय रुदल अंसारी र सोही मोटरसाइकलमा सवार १२ बर्षिय शेख अंसारी रहेको प्रहरीले जनाएको छ ।


अलौंमा रहेको आई.सि.पी. बाट निस्की रहेको बि.आर.२६ जि.ए. ८०६६ नम्बरको ट्रकले विपरित दिशाबाट गइरहेको ना.२२ प. ४१४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार दुबै जना घाइते भएका हुन । घाइते मध्ये एक जनालाई उपचारको लागि भरतपुर र एक जनालाई काठमाण्डौ लगिएको छ ।
घाइते दुबै जनाको अवस्था चिन्ताजनक रहेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको छ ।