अबैध घरेलु मदिरा नष्ट

50

संतोष रन्जितकार
वीरगंज, ४ वैशाख ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले बुधबार बिहान वीरगंजको पावरहाउस चोकबाट २०० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
पावरहाउस चोकबाट अटोरिक्शामा घरेलु मदिरा लैजाने क्रममा प्रहरीले बरामद गरेको हो । बरामद गरिएको मदिरा श्रीपुर वडा प्रहरी कार्यालयको हातामा पोखेर नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी गराउनु भयो । सो अवैध मदिरा वडा नं. ११ का वडा अध्यक्ष प्रधुमन सेढाई, सामुदायिक प्रहरी श्रीपुरका सचिव कुल नारायण प्रधान, स्थानीय भद्रभलादमीहरुको रोहवरमा प्रहरीले नष्ट गरेको थियो ।

https://ankushdaily.com/