करेन्ट लागेर प्राधिकरणको कर्मचारी घाइते

20

संतोष रन्जितकार
वीरगंज,४ बैशाख ।
नेपाल विद्युत प्राधिकरणका एक कर्मचारी करेन्ट लागी धाइते भएका छन् । मंगलबार साँझ आएको हावाहुरीले गर्दा क्षतिग्रस्त पोलका तार मर्मत गर्ने क्रममा बुधवार विहान साढे आठ बजे प्राधिकरणकाका एक कर्मचारी गम्भिर घाईते भएका हुन् । वीरगंज महानगरपालिका वडा नम्बर १४ बहुअरी स्थित पोलमा चुडिएको तारलाई मर्मत गर्ने क्रममा बारा त्रिवेणी निवासी ३५ बर्षिय प्रेम दास तत्वा गम्भिर घाईते भएका थिए । घाईते तत्वाको वीरगंज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको भएपनि उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको थियो । तत्वा नेपाल विद्युत प्राधिकरणमा हेल्फर पदमा कार्यरत रहेका छन् ।