कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

18

संतोष रन्जितकार
बारा, ५ बैशाख ।
मिति २०६८/०४/१३ गते जिल्ला बारा साबिक गा.वि.स.कवहीजब्दी वडा नं. ५ हाल महागढीमाई नगरपालिका वडा नं.८ बेतौना टोल बस्ने वर्ष ६७ को जगरनाथ माझी मुसहरलाई त्यही ठाउँ बस्ने भोजा माझीको छोरा महेश माझी मुसहर समेतले रकमको विषयलाई लिई कुटपिट गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतको मिति २०६९/०२/१८ गतेको फैसला आदेशले ५ वर्ष कैद ठहर भई फरार रहेका निज प्रतिवादी महेश माझी मुसहरलाई मिति २०७६/०१/०२ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । पक्राउ गरेको अभियुक्तलाई सम्मानित बारा जिल्ला अदालतमा प्रस्तुत गरि अदालतको आदेश अनुसार निजलाई कैद भुक्तानको लागी वीरगंज कारागार कार्यालय पठाईएको प्रहरीले जनाएको छ ।

            त्यसैगरी मुस्लिम जातीको कब्रस्तानमा जिल्ला बारा साविक गा.वि.स.देवापुर वडा नं.६ हाल सिम्रौनगढ नगरपालिका वडा नं. १० बस्ने महाबिर साह कानु समेतले जबरजस्ती घर टहरा बनाएको सम्बन्धमा सोही ठाउँ बस्ने बिल्टु भन्ने आश महमद मंसुरीसंग विवाद भएकोमा सोही कुराको रिस लिई मिति २०६३/०५/२२ गते निज बिल्टु भन्ने आश महमद मंसुरीलाई गाउँकै महिलालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाई महाबिर साह कानु समेतले कुटपिट गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतको मिति २०७५/०२/०७ गतेको आदेशले मुद्दा मुल्तविमा रही फरार रहेका अभियुक्तहरू मध्येका सोही ठाउ बस्ने हृदय साह तेली, नवल राय यादव, लक्ष्मण पडित कुम्हाल र बिरेन्द्र ठाकुर लोहारलाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । पक्राउ परेकालाई मिति २०७६/०१/०३ गते बारा जिल्ला अदालतमा दाखिला गराई बारा जिल्ला अदालतबाट आवश्यक कारवाही भईरहेको प्रहरीले जानकारी दिएको छ ।