जिल्ला प्रशासन कार्यालयमा संचारकर्मीहरुद्वारा शन्तिपूर्ण धर्ना

20

संतोष रन्जितकार
वीरगंज, ५ बैशाख ।
बिधुतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेजको मांग गर्दै र अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पक्रकार अर्जुन गिरि विरुद्ध साईबर त्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको बिरोध स्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहिवार बिहान ९ः३० बजे देखि १०ः३० बजेसम्म एक घण्टा जिल्ला प्रशासन कार्यालय पर्साको गेट अगाडि पत्रकारहरुले धर्ना दिएका छन् ।

धर्नामा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जराको नेतृत्वमा पर्सेली पत्रकारहरुले शान्तीपुर्ण रुपमा धर्नामा बसेका हुन । धर्ना कार्यक्रममा प्रेस चौतारीका २ नं. प्रदेशका संयोजक लालबाबु शेख, बरिष्ठ पत्रकार जगदीश शर्मा, बरिष्ठ पत्रकार शंकर खतिवडा, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहान, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, सदस्य सन्जिव मिश्र, नेपाल टेलिभिजन पर्साका सम्बादाता नेहाल खान, जितेन्द्र साह, बिजय भण्डारी, मनोज पटेल, आरके पटेल, कन्हैया गुप्ता, राम मेहता, श्याम कुश्वाहा, अजित भुजेल, राकेश साह, तिवारी यादव, सुरेश साह, आशिष अन्सारी, अमित अग्रवाल, दिपक चौरसिया, बिकाश साह, जाकिर हुसेन, अखिलेश साह लगायतको पत्रकारहरुको सहभागिता रहेको थियो ।