प्रहरीको संरक्षणमा अवैध घरेलु मदिरा भठ्ठी संचालन

23

संतोष रन्जितकार
वीरगंज, ५ वैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साले अवैध मदिरा भठ्ठी उत्पादन एवम बिक्री वितरणमा नियन्त्रण तथा कार्यवाही गरिरहेकै बेला आफ्नै मातहत रहेको भिस्वा चौकीको संरक्षणमा अवैध मदिरा भठ्ठी संचालन भइरहेको पाइएको छ ।
पर्साको दोस्रो सदरमुकाम तथा व्यापारीक केन्द्रको रुपमा रहेको छिपहरमाई गाउपालीका वडा नम्बर ५ अन्तर्गत पर्ने प्रहरी चौकी भिस्वाको संरक्षणमा भिस्वाबाट सबैठवा जोडने सिक्टापुल नजिकै नदी किनारमा अवैधरुपमा मदिरा भठ्ठी संचालन भइरहेको स्थानीयले बताएका छन ।
प्रहरीको सहयोगले नै पुल नजिकै नदि किनारमा खुल्ला रुपमा मदिरा चुहाउने कार्य भइरहेको नाम नछापने सर्तमा एक स्थानीयले बताए । प्रहरीले मोटो पैसा लिएर अवैध मदिरा उत्पादनको अनुमतीनै दिएको जस्तो विहान ५ बजे देखी रातीको ९ बजे सम्ममा खुलेयाम रुपमा मदिरा चुहाउने कार्य भइरहंदा पनि प्रहरीले मदिरा उत्पादनमा अवरोध नगर्नुले प्रहरी चौकी भिस्वाकै संरक्षणमा अवैध मदिरा उत्पादन भइरहेको प्रस्ट रुपमा बुझ्न सकिन्छ ।
भारत विहार पश्चिमी चम्पारण धर्मनगर बस्ने रमेश यादव र नेपाल स्थीत सबैठवा बडका गाउ बस्ने एस एन चौरसीयाले संयुक्त रुपमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भठ्ठी संचालन गरेको स्थानीयले बताएका छन ।
अवैध मदिरा भठ्ठी संचालन एवम उत्पादन गरे वापत निजहरुले भिस्वा चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक विजय शाहीलाई ४० हजार महिनावारी दिने गरेको स्रोतको दावी छ ।
दैनिक ५ सय लिटर अवैध मदिरा उत्पादन हुने उक्त भठ्ठीबाट नेपाल र भारतका विभिन्न ठाउँहरुमा प्लास्टीकको झोला पाउच बनाएर विक्रि वितरणका लागी लैजाने गरेको स्रोतले जनाएको छ ।
मदिरा उत्पादन हुने ठाउँबाट प्रहरी चौकी भिस्वा नजिकै पर्छ तर पनि अवैध मदिराको यो कारोबारलाई नियन्त्रण गर्न सकेको छैन ।
भारतको बिहारमा मदिरा विक्रि वितरण तथा उत्पादनमा विहार राज्य सरकारले प्रतिबन्ध लगाएपछि नेपालसंग जोडीएको बिहारको सिमानाकाहरुमा यती खेर खुलेयाम रुपमा अवैध मदिरा उत्पादन तथा विक्रि वितरणले व्यापक्ता पाएको छ ।
भिस्वासंग जोडीएको सिमानाकाहरुमा खुलेयाम रुपमा अवैध मदिराको उत्पादन एवम विक्रि वितरणमा सम्बन्धीत निकायले कडाई गरेर कानुनको दायरामा ल्याउन आवश्यक देखिन्छ ।