बसको ठक्करबाट एक महिला मृत्यु

13

संतोष रन्जितकार
वीरगंज, ४ बैशाख ।
दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट वीरगञ्ज महानगरपालिका वडा नं १९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको प्रहरीले जनाएको छ ।
अलौं माविमा पढाउने उनी चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको थियो ।
माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्काले किचेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।