संतोष रन्जितकार
बारा, ४ बैशाख ।
बाराको कलैया उपमहानगरमा चट्या· लागेर ६ जना घाइते भएका छन् । मंगलबार साँझ बर्षासंगै आएको हावाहुरी र चट्या·मा परी कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा ५ जना र वडा १ को पर्सा टोलमा १ जना घाइते भएका हुन् ।
घाइते हुनेमा ४ जना भारतीय नागरिक रहेका छन् । उनीहरु भारत विहार सीतामढीका कलेश्वर राम, भन्टु पासवान, रामप्रवेश राम, जितन पासवान, बारा कोतवालीका नैमुद्दिन अन्सारी र कोतवाली ६ की ६० वर्षीय सलमा खातुन घाइते भएकी हुन् ।
उनीहरुको कलैया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । धर्मनगरको नवल चौरसियाको महल इट्टा उद्योगमा कामदारले खाना पकाउने क्रममा चट्या· खसेको थियो । चट्या·मा परी खाना पकाउने ग्यास पडकिदा आगलागी समेत भएको छ । सो आगलागीमा परी घाइतेहरु मध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
चट्याङले घरमा आगोसमेत लागेपछि कलैयाबाट गएको वारुणयन्त्रले सो आगो नियन्त्रणमा लिएको थियो । त्यस्तै असिना–पानीसँगै आएको हुरीले फेटा गाउँपालिकाको कतिपय हुरी पीडितको टेन्ट उडाएको छ । हुरीले फेटा गाउँपालिका–१, भलुही भरवलीया, वडा ३ र ६ को पुरैनिया र गछीया टोलको दर्जन टेन्ट उडाएको छ भने वडा–१, भलुही भरवलीयामा ६ जनाको टेन्ट उडाएको वडा नं. १ का वडाध्यक्ष जयप्रकाश दासले बताए । नेपाली सेना र सशस्त्र प्रहरीले बनाइदिएको टेन्टमा उकुसमुकुस भएर बस्दै आएका हुरीपीडितहरुको टेन्ट उडाएपछि झनै विजोग भएको उनले बताए ।गत चैक्र १७ गते आएको चत्रवात हावाहुरीले घरवारविहिन बनाएपछि उनीहरु टेन्टमा बस्दै आएका थिए । र मंगलबार आएको हुरीले यो टेन्ट समेत उडाइदिंदा उनीहरु बिचल्लीमा परेका छन् ।