महिला हिंसा तथा दाइजोप्रथा विषयक वक्तृत्वकला सम्पन्न

47

संतोष रन्जितकार
वीरगंज, ५ बैशाख ।
पर्साको कालिकामाई गाउँपालिकामा महिला हिंसा तथा दाइजोप्रथा विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ५, बिरन्चीबर्वा स्थित रहेको दिव्य कन्या माध्यमिक विद्यालयमा बिहिबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा श्री सुकई साह मा.वि. भेडिहारीकी रुकसाना खातुन प्रथम भएकी थिइन् भने श्री जनता मा.वि. मुडलीका प्रकाश पटेल द्वितिय र श्री दिव्य कन्या मा.वि. विरन्चीबर्वाकी पुष्पा गुप्ता तृतिय भएकी थिइन । कन्या माविका प्रअ रामयतन प्रसादको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी वडा नं. ३ का वडा अध्यक्ष संजय पटेल रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पटेलले हाम्रो समाजमा विकृतिको रुपमा जडा गाडेको दाइजोप्रथा अन्त्य गर्न जरुरी रहेको बताए । महिला शिक्षित भए दाइजोप्रथा अन्त्य हुने बताउदै उनले छात्राहरु पनि अध्ययनको समयमा अभिभावकको प्रतिष्ठाको ख्याल राख्नु पर्ने बताए । ॅकेटीहरुले पनि अभिभावकहरुलाई आ–आफ्नो केटीहरुलाई उच्च शिक्षा पढाउन डर, त्रास सृजना नहोस भने सोचिदिनु पर्छ’ उनले भने । कालिकामाई गाउँपालिकाको सहयोगमा र कालिका टाईम्स वीरगंजको आयोजनामा संचालित महिला हिंसा तथा दाईजोप्रथा ऊन्मुलन कार्यक्रम अन्तर्गत वत्तृत्वकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा भाग लिने गाउँपालिका अन्तर्गतका सबैका माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का २४ जना छात्र/छात्राहरुलाई पुरस्कार र प्रमाणपक्र समेत वितरण गरिएको थियो । कार्यत्रममा गैर सरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साह, गाउँ कार्यपालिका कार्यालयका प्रतिनिधि सतन प्रसाद, दिव्य कन्या मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शन्त पटेल, ब्रिलिएन्ट युवा क्लबका कार्य समिति सदस्य इशक कुमार लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन कालिका टाइम्सका शम्भु कुमार सुमनले गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा सुकई साह माविका शिक्षक प्रतिनिधि उमेश प्रसाद पटेल, जनता माविका शिक्षक प्रतिनिधि राजेश तिवारी, दिव्य माविका शिक्षक प्रतिनिधि लालबाबु साह, महिला प्रतिनिधि निलम कुमारी चौरसिया र आयोजक संस्थाको तर्फबाट इशक कुमार रहेका थिए ।

https://ankushdaily.com/