राप्रपाद्वारा मृतक परिवारलाई नगद प्रदान

6

संतोष रन्जितकार
वीरगंज, ५ बैशाख ।
२०७५ चैत्र १७ गते आएको हावाहुरी प्रकोपमा परी ज्यान गुमाएका ३० परिवारजन लाई राप्रपा संयुक्त अध्यक्ष द्वय डा. प्रकाश चन्द्र लोहनी तथा पशुपति समशेर राणाले राहत स्वरुप नगद प्रदान गरेका छन् । अध्यक्ष द्वय लोहनी तथा राणाले जनही मृत परिवारलाई दिने निर्णय भए बमोजिम बिहिबार बीरगंज महानगरपालिका वार्ड नं १८ सुखचैना बस्ने राज कुमार रामका छोरा बर्ष २० का सरोज कुमार रामको हावाहुरीमा परी मृत्यु भएकोले पार्टी केन्द्रको निर्णय बमोजिम आज मृतकका बाबू राज कुमार राम लाई रु १२ हजार ५ सय केन्द्रीय सदस्य श्री राम बहादुर थापा लगायत नेताहरुको उपस्थितिमा सहयोग रकम बितरण गरिएको थियो ।