राष्ट्रिय विद्यार्थी संघ पर्साद्वारा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन

5

संतोष रन्जितकार
वीरगंज, ४ बैशाख ।
राष्ट्रिय विधार्थी संघ पर्साले बुधबार बीरगंज स्थित नारायणी अस्पतालमा भईरहेको अनियमितता बारे जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
सो ज्ञापन पत्र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय तथा जिल्ला नेताहरूको विशेष उपस्थितिमा बुझाइएको हो । कार्यक्रममा महासचिव राजेश मान सिंह, जिल्ला अध्यक्ष प्रेम बाबू पटेल, सचिव उमेश लाल सहनी, राष्ट्रिय विधार्थी संघका जिल्ला अध्यक्ष मधूसुदन चौरसिया, ठाकुरराम क्याम्पसका इकाई अध्यक्ष अमित यादव, सचिव सगिर अली, विधार्थी नेता हरिशंकर यादव, धिरेन्द्र यादव, राम प्रवेश यादव, युवा नेताहरू बिष्णु पटेल, अफरोज आलम, राजु गुप्ता, लखन पटेल, भरत ठाकुर लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।