लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार हिडिरहेको नेका उपसभापति गच्छदारको आरोप

4

विराटनगर, ४ वैशाख (रासस) ः
नेपाली का·्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने बाटोमा हिँडिरहेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले संसदीय पद्धति र त्यसको मूल्य र मान्यतालाई कमजोर बनाएको र स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।
उपसभापति गच्छदारले का·्रेसले जनजागरण अभियान सरकारले गरेका गलत क्रियाकलापको जनतालाई सुसूचित गराउने उद्देश्यले गरेको बताउँदै यस कार्यमा अन्य पार्टीको सहयोग र सहभागिता हुने जानकारी दिनुभयो ।
उहाँले मुलकको अर्थतन्त्रलाई धरासायी हुने बाटोतर्फ गइरहेको भन्दै बबई सिँचाइ योजना २० वर्ष अगाडि नेपाली का·्रेसको निर्माण कार्य शुरु भएको बताउनुभयो ।
उहाँले जनताको हितमा गरिने प्रत्येक कार्यमा प्रतिपक्ष दलको हैसियतले सहयोग गर्ने बताउँदै विकास निर्माण कार्यमा नेकाँ हातेमालो गर्नेगरी हिँड्ने छ भन्नुभयो । उपसभापति गच्छदारले का·्रेसभित्र रहेको अन्तरद्वन्द्व समाधान सहमतिबाट भइरहेको जानकारी दिँदै प्रमुख नेताहरुले निर्वाचन, अनुशासन समिति सहमतिबाट नै गठन भएको जानकारी दिनुभयो ।