पोखरा, ६ वैशाख (रासस) ः
नेपाली क·्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्ष निराशाजनक भएको बताउनुभएको छ । कास्कीको माछापुच्छ«े गाउ“पालिका वडा नं २ सार्दीखोलामा निर्मित बिपी स्मृति भवनको आज उद्घाटन गर्दै उहा“ले सरकार गठनको एक वर्ष देशमा मह·ी भ्रष्टाचार, अशान्ति र अराजकता बढेको आरोप लगाउनुभयो ।
सभापति देउवाले बालुवाटार जग्गा विवादबारे स्पष्ट छानविन हुनुपर्ने बताउ“दै सरकारी जग्गा किनबेच गर्नेलाई का·्रेसले नछोड्ने चेतावनी दिनुभयो । बालुवाटारको जग्गा किनबेच भएको सुनिरहेको छु, यो कसैले किन्न बेच्न मिल्ने जग्गा होइन, उहा“ले भन्नुभयो, गल्ती कहा“बाट भएको छ छानविन हुनुपर्छ, गल्ती गर्नेलाई का·्रेसले छोड्दैन । सरकारको मनोमानी, संवैधानिक निकायमाथिको नियन्त्रण, प्रेसमाथिको नियन्त्रण लगायतका विरुद्धमा लाग्नुपर्ने धारणा राख्दै उहा“ले पार्टी एकताबद्ध भएर सरकारका गलत कामको विरुद्ध लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली का·्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले का·्रेस एकताबद्ध बन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य धनराज गुरुङले बढ्दो मह·ी, अराजकता आदिका कारण नेपाली जनता आक्रान्त बनेको बताउ“दै नेपाली जनताका हरेक समस्या समाधानमा का·्रेसले सध“ै हातेमालो गर्दै आएको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाली का·्रेस कास्कीका सभापति कृष्ण केसी, महिला नेत्री टेकनशोभा गुरुङ, गणेश आचार्य, माधव आचार्यलगायतले आ–आप्mना धारणा राख्नुभएको थियो । का·्रेसको वडा एकाइ कार्यालयको भवन बनाउनेमा सार्दीखोला वडा एकाइ नेपालमा नै पहिलो बनेको छ । करीब रु ९० लाखको लागतमा भवन निर्माण भएको वडा सभापति गुञ्जमान गुरुङले जानकारी दिनुभयो ।