प्रदेश सरकारद्वारा मृतकका परिवारलाई राहत रकम वितरण शुरु

45

संतोष रन्जितकार
बारा, ६ बैशाख ।
चैत १७ गतेको विनाशकारी हावाहुरीमा परि ज्यान गुमाएका बारा र पर्साका मृतकका परिवारलाई प्रदेश सरकारले राहत रकम वितरण सुरु गरेको छ ।


चैत १७ गतेको हुरीमा परि बाराका २७ जना र पर्साका एकजना गरि २८ जनाको मृत्यु भएको थियो । विनाशकारी हुरी आएको भोलिपल्टै प्रदेश सरकारले मृतकका परिवारलाई राहत वापत जनही तीन लाख रुपैया“ सहयोग गर्ने घोषणा गरेको थियो । सोही घोषणा अनुसार प्रदेश सरकारले मृतकका परिवारलाई शुक्रबारदेखि रकम वितरण गर्न थालेको हो ।
बाराको कलैयास्थित जिल्ला समन्वय समितिको सभाकक्षमा शुक्रबार आयोजित श्रद्धाञ्जली तथा राहत राशी वितरण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले १३ जना मृतक परिवारका सदस्यलाई राहत वापत जनही तीन लाख रुपैया“ र क्रियाखर्च वापत २५ हजार गरि तीन लाख २५ हजार रुपैया“को चेक प्रदान गरेका हुन् ।
मृतकका परिवारका सदस्यहरु महम्मद रसुल मिया अन्सारी, लालवचन प्रसाद, जगदीश यादव, बृजाराज महरा चमार, कलवाती देवी तत्वा, रामबाबु प्रसाद, भीम दास तत्मा, बृजित राउत कुर्मी, रामसुरत दास तत्मा, मन्जुर आलम मिया, फैजुल हक मिया, फिरोज मिया अन्सारीलाई शुक्रबार राउतले रकम वापत चेक दिएका थिए ।
प्रदेश २ को अर्थमन्त्रालयका सचिव राजेश काप्mलेका अनुसार २० जनाको मात्र कागजपत्र कार्यालयमा आएको र १३ जना मात्र कार्यक्रममा उपस्थित भएका थिए । बा“की पीडितको कागजपत्र आएलगत्तै प्रदेश २ को मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यालयले उनीहरुलाई पनि राहत रकमको चेक प्रदान गर्ने बताइएको छ ।