यौन तथा प्रजनन अधिकार सम्बन्धी अभिमुखीकरण

78

संतोष रन्जितकार
वीरगंज, ६ बैशाख ।
महिलाहरुको आंग खस्ने समस्या एवं यौन तथा प्रजनन अधिकार सवाल बिस्तारित सम्बन्धि २ दिने अभिमुखिकरण शुक्रबार देखी वीरगंजमा सुरु भएको छ । वातावरणीय कृर्षि तथा बिकास केन्द्र काठमाण्डौको सहयोगमा र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्साको आयोजनामा अभिमुखिकरण कार्यक्रम सुरु भएको हो । महिला प्रजनन अधिकार कार्यक्रम अन्तर्गत सुरु भएको अभिमुखिकरणमा पर्साका डेढ दर्जन गैरसरकारी संस्थाका दुई÷दुई जना प्रतिनिधी गरी ३६ जनाको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिती पर्साको सभाहालमा भईरहेको अभिमुखिकरणमा प्रशिक्षिका ईश्वरी नेपाल, प्रशिक्षक सुमेश भटराई र उमेश यादवले प्रशिक्षण दिईरहेका छन ।

गैरसरकारी संस्था महासंघ नेपाल, पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा गैरसरकारी संस्था महासंघ नेपाल प्रदेश नं. २ का सदस्य नरेश जयसवाल, सचिव चन्देश चौहान, कोषाध्यक्ष मनोज यादव, सदस्य जयनारायण चौधरी, अरबिन्द साह लगायतको उपस्थिती रहेको थियो ।