संतोष रन्जितकार
वीरगंज, ७ बैशाख ।
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी (नेवि) संघले शनिबार पोखरिया अस्पतालमा फलफुल वितरण गरेको छ । नेवि संघको ४९ औ स्थापना दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत शनिबार दोश्रो दिन पोखरिया अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको नेवि संघका नेता विश्वास द्विवेदीले बताए ।
नेविसंघ पोखरिया इकाई सभापति सन्तोष महतोको सभापतित्वमा र पुर्व सांसद रामेश्वर रौनियारको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा वडाध्यक्ष लक्ष्मण साह कानु, अजय प्रसाद कलवार, राजु गिरी, नेविसंघ पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, बद्री तिवारी, विद्यार्थी नेता बिकेस पटेल, इंग्रासन यादव, बिनय द्विवेदी, विवेक कलवार, अब्दुल कयुम, मुनराज तिवारी, मन्जिव मिश्रा लगायतको उपस्थिती रहेको थियो ।