महर्जनलाई नेविसंघद्वारा सम्मान

18

संतोष रन्जितकार
वीरगंज, ७ बैशाख ।
विधार्थी संघको स्थापना दिवसको उपलक्ष्यमा साप्ताहिक कार्यक्रम संचालन गरी नेपाल विधार्थी संघ पर्साले थाइलेडंमा भएको १०औ बिश्व बडी बिल्डिंग चयम्पियन सिपमा ७५ पन मा नेपालको लगी पहिलो पटक स्वर्ण पदक जितेको महेश्वर महर्जनलाई सम्मान गरेको छ ।
ने.वि. संघले ६ गतेको दिन स्थापन दिवशको उपलक्ष्यमा माईस्थानमा दीप प्रज्वलन गरेका थियो भने शनिबार दोस्रो दिन विश्वमा नेपालको नाम चिनाउन सफल भएको श्री महेश्वर महर्जनलाई सम्मान गरेको थियो ।


नेपालमा सम्पुर्ण नेपालीको लागी र लोकतन्त्र गणतन्त्र स्थापित गर्नका लागी ने.वि. संघको अहम भुमिका रहेको र देशमा कुनै पनी अपदामा ने.वि. संघले डटेर सामना गरेको ने.वि. संघ देश विकाश, विधार्थी एकता, राष्ट्रीयता, लोकतन्त्र र समाजवादको नितीलाई सम्मान गर्दै देशमा सर्वा·ीण विकाश गर्ने भावना ने.वि. संघका जिल्ला संयोजक बिकाश तिवारीले व्यक्त गर्नु भयो । यसरी नेपालको नाम विश्वमै चिनाउनको लगी महेश्वर महर्जनले विश्व बडी बिल्डिंगमा जितेको स्वर्ण पदकको सम्मानको लागी ने.वि. संघले आफ्नो तर्फबाट मायाको चिनो दिदै अबिर फूलमाला र खादा लगाई सम्मान गरेको थियो ।
ऊक्त सम्मान कार्यत्रममा ने.वि. संघको जिल्ला संयोजक विकाश तिवारी, युवा नेता सरोज चौरसिया, अभय कर्ण, समीर मंसूरी, सेस हजरा, त्रिलोकी साह, चंदन सहनी, रोशन सिंह, सरोज अंसारी, हरिश गुप्ता लगायतको सम्पूर्ण युवाहरुले महेश्वर महर्जनलाई सम्मान गर्दै उतरोत्तर प्रगतीको कामना समेत गरेको थिए ।