संतोष रन्जितकार
वीरगंज, ७ बैशाख ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले वर्तमान सरकार माफिया र ठेकेदारहरुको कठपुतली भएको आरोप लगाउनु भएको छ । अधिनायकवाद तर्फ यो सरकारको पालामा आरजकता बढदै गएकोले विकास निर्माणका कार्यहरु सुस्त भएको बताउनु भयो ।
नेपाली कांग्रेसको छिपहरमाई गाउँपालिका संयोजक धुरेन्द्र साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अर्का नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले संघीय समाजवादी फोरमबाट चुनाव जितेका ठेकेदारहरुकै कारण तिलावे पुल निर्माण लगायत अन्य विकास कार्यका योजनाहरु बेलामा सम्पन्न नभइरहेको आरोप लगाउनु भयो । सो कार्यक्रममा मनीकान्त गुप्ताको नेतृत्वमा रसुल अंसारी, छोटेलाल पटेल, सुदामा साह तेली, नौसाद आलम, संजय अंसारी, लालबाबु साह कानु, वकिल मियाँ धोबी, विनोद साह कानु लगायतकाहरु विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई टिका लगाएर नेता रिजालले स्वागत गर्नुभएको थियो ।