सदभाव समिति दोस्रो बर्षमा प्रवेश

26

संतोष रन्जितकार
वीरगंज, ७ बैशाख ।
सदभाव समिति वीरगंजले गरिब, असाहयहरुको लागि हरेक शनिबार निःशुल्क भोजन गराउदै आईरहेको एक वर्ष पुरा भई दोस्रो बर्षमा प्रवेश गरेको छ । सामाजिक कार्य अन्तरगत वीरगंजको आदर्शनगर मेनरोडमा साप्ताहिक निःशुल्क भोजन गराउदै आईरहेको समितिका लालबाबु सिंह कि·ले बताउनु भयो ।

यो सदभाव समितीमा कहि कतैबाट सहयोग अहिलेसम्म नआएको र अहिलेसम्म लिएको पनि छैन । हामी साथी भाईहरु मिलेर व्यवस्थापन गर्दै आईरहेको बताउनु भयो । जबसम्म सक्छौ तबसम्म हामी निःशुल्क भोजन गराइराख्ने रमेश जाटियाले बताउनु भयो । निःशुल्क भोजनको लागि रमेश जाटिया, लालबाबु सिंह, प्रकाश खेतान, आलोक अग्रवाल, मनोज बर्णबाल, भरत सरावगीले सहयोग गर्दै आईरहनु भएको हो ।