अहमदिया संघ नेपालद्धारा हावाहुरी पिडितलाई राहत वितरण

4

संतोष रन्जितकार
वीरगंज ८ बैशाख ।
गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउ“पालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया, पुरैनिया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ ।
भलुही, भरवलीया, पुरैनिया लगायतको टोलमै पुगेर आईतवार प्रभावित ५ सय ५५ परिवारलाई कुर्ता, सलवार, सल लगायतका कपडाहरु वितरण गरेको हो ।
हावाहुरीबाट प्रभावित गाउ“हरुमा वडा प्रतिनिधिहरुको विशेष उपस्थितिमा सो कपडा वितरण गरिएको थियो ।
सो कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहमदिया बृद्ध संघका अध्यक्ष हैदर अली, वडा नं. १ का महिला सदस्य सुनरपति देवी, अहमदिया संघका सदस्य सकिर अहमद, इसरायल अहमद, हिजकी अहमद, सकिर आलम, अलिम अहमद, स्थानियबासी, सुरक्षाकर्मी लगायतको सहभागीता रहेको थियो । अहमदिया संघ नेपालले प्रेम सबै लाई गर घृणा कसैलाई नगर भन्ने मुल नाराका साथ दैविक प्रकोपमा परेका पीडितहरुलाई राहत वितरण गरेको थियो ।
सो अवसरमा मोबारक अंसारी, मोजामिल मियां, इजहार मिया, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको थियो ।