नेविसंघद्वारा पाठ्य सामग्री वितरण

4

संतोष रन्जितकार
वीरगंज, ८ बैशाख ।
नेपाल विद्यार्थी संघको ४९ औ स्थापना दिवसको साता ब्यापी कार्यक्रम अन्तर्गत आइतबार तेश्रो दिन वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाको श्री पंडित देवी तिवारी आधारभुत विद्यालयमा नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदिको प्रमुख आतिथ्यमा विद्यार्थी हरुलाई पाठ्यसामग्री वितरण गरिएको छ ।


कार्यक्रम नेविसंघका नगर सभापति विवेक कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस महासमिती सदस्य प्रकाश उपाध्याय, नेपाली कांग्रेस पर्साका सचीव श्याम पटेल, नेविसंघ पर्साका सभापति विश्वास द्विवेदी, वडा अध्यक्ष मनोज साह कानु, नेपाली कांग्रेस बुथ सभापति बिजय सहनी, प्रधानाध्यापक चन्देश चौहान, नेपाली कांग्रेस जिल्ला सदस्य परबेज सर्राफ, तरुण दलका नेता मिकु सिह, नेविसंघ पुर्व जिल्ला सभापति तथा युवा नेता मणुनेद्र नेपाली, नेविसंघका पुर्व केन्द्रिय सदस्य सुधिर पटेल, बिकेश पटेल, नेविसंघ जगरनाथपुर इकाई सभापति अब्दुल कयुम, पर्सागढि नगरपालिका इकाइ सभापति मन्जिव मिश्रा, रुद्र हलदर, ओमेशवर शाह, निखिल ओझा, वडा सदस्य ओम प्रकाश गुप्ता लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा ६५ जना विद्यार्थी लाई पाठ्यसामग्री वितरण गरिएको थियोे ।